रुकुम पूर्वबाट प्रचण्डले भने– विरोधीलाई कामबाटै जवाफ दिन्छु

विदेशी हस्तक्षेपविरुद्ध प्रतिवाद गर्ने

User Image मेयरसाप डेस्क | २०८२ माघ ७ गते १३:४८
Image of https://mayorsap.com/storage/photos/shares/prachanda-7-1024x500.jpg

रुकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको आन्तरिक राजनीतिमा सक्रिय हुन खोज्ने विदेशी शक्तिहरूलाई रुकुमको धर्तीबाटै कडा जवाफ दिने चेतावनी दिएका छन् ।

बुधबार रुकुम पूर्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो उम्मेदवारी केवल संसद् प्रवेशका लागि मात्र नभई देशलाई नयाँ राजनीतिक दिशा दिनका लागि भएको दाबी गरे ।

प्रचण्डले रुकुम पूर्वलाई ‘विशेष स्वायत्त प्रदेश’ बनाउने र विकासको नयाँ मोडलमा लैजाने आश्वासन दिए । उनले दाङ–रोल्पा–रुकुम हुँदै चीन जोड्ने व्यापारिक मार्ग निर्माणलाई आफ्नो प्राथमिकतामा राखेका छन् ।

गत भदौ २४ को जेनजी आन्दोलनपछि उत्पन्न जटिल परिस्थितिले देशलाई दुर्घटनाबाट जोगाउन ताजा जनादेशमा जाने निर्णय लिनुपरेको उनको भनाइ छ । 

चुनवाङ बैठकले शान्ति प्रक्रियाको जग बसालेको स्मरण गर्दै उनले अब रुकुमले नै समाजवादको यात्राको नेतृत्व गर्ने उद्घोष गरे ।


Facebook Comments