प्रतिनिधिसभा निर्वाचनः आज उम्मेदवारहरूको नामावली प्रकाशन हुँदै
मेयरसाप डेस्क
|
२०८२ माघ ८ गते ०८:०५
काठमाडौं । निर्वाचन आयोगले आज प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूको नामावली प्रकाशन गर्दैछ । मंगलबार मनोनयन दर्ता भएपछि आयोगले बुधबार उम्मेदवारविरुद्ध उजुरी लिएको थियो । आयोगमा पाँच उम्मेदवारविरुद्ध उजुरी परेको छ ।
उजुरी दिने म्याद सकिएपछि आज नामावली प्रकाशन गर्ने तयारीमा आयोग जुटेको हो । आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।
भोलि माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ ।
Facebook Comments