विश्वकप ग्लोबल छनोट: नेदरल्यान्ड्सविरुद्ध पहिले बलिङ गर्दै नेपाल

No Author Assigned | २०८२ माघ ९ गते ०९:१४
Image of https://mayorsap.com/storage/photos/shares/nepal-nedarland.jpg

काठमाडौं । आईसीसी महिला क्रिकेट विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत आज घरेलु टोली नेपालले नेदरल्यान्डविरुद्ध पहिले बलिङ गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्डले टस जितेर ब्याटिङ रोजेपछि नेपाली महिला टोलीले पहिले फिल्डिङ राजेको हो ।

यसअघिको खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । आज पहिलो जित हासिल गर्ने दाउमा नेपाल छ। नेपाललाई सुपर सिक्समा पुग्न आजको खेल जित्नैपर्ने दबाब छ। नेपाली टोलीले आजको खेलमा थाइल्यान्डविरुद्धको टोलीलाई नै निरन्तरता दिएको छ। 

प्लेइङ ११ मा इन्दु बर्मा, पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, सोमु विष्ट, सीता राना मगर, काजल श्रेष्ठ, कविता जोशी रहेका छन् ।


Facebook Comments