माधव नेपालविरुद्धको उजुरी दरपिठ, उम्मेदवारी यथावत्

खारेज भयो उजुरी, जोगियो उम्मेदवारी

User Image मेयरसाप डेस्क | २०८२ माघ ८ गते १०:५०
Image of https://mayorsap.com/storage/photos/shares/photo-2-314708c3.jpg

रौतहट । रौतहट क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार माधवकुमार नेपालविरुद्ध परेको दाबी–विरोधको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले दरपिठ गरिदिएको छ ।

नेपालको उम्मेदवारी खारेज गर्न माग गर्दै दर्ता गर्न खोजिएको उजुरीमा पर्याप्त प्रमाण नपुगेको भन्दै कार्यालयले दर्ता गर्न अस्वीकार गरेको हो ।

सोही क्षेत्रका अर्का उम्मेदवार रामनरेश राय यादवले पतञ्जलि योगपीठको जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेको उल्लेख गर्दै नेपाललाई अयोग्य ठहर गर्न माग गरेका थिए ।

तर, मुख्य निर्वाचन अधिकृतको कार्यालयले उक्त आरोपलाई पुष्टि गर्ने ठोस र पर्याप्त प्रमाण संलग्न नभएको तथा उम्मेदवारी बदर हुने बलियो आधार नदेखिएको ठहर गरेको छ ।

निर्वाचन कार्यालयको यो निर्णयसँगै माधवकुमार नेपालको उम्मेदवारी यथावत् कायम रहेको छ ।


Facebook Comments