सानोठिमी बाल सुधारगृहमा झडप र आगजनी

बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन

User Image मेयरसाप डेस्क | २०८२ माघ ९ गते ०७:५३
Image of https://mayorsap.com/storage/photos/shares/sanothimi-balsudhar-griha.jpg

भक्तपुर । मध्यपुरठिमी–२ सानोठिमीस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी भएको छ । 
 
बाल सुधारगृहका दुई समूहबीच भएको झडप आगजनी र तोडफोडमा परिणत भएको थियो । आपसमा झडप भएपछि ठिमी प्रहरी वृत्तका प्रमुख नवराज ढुङ्गाना नेतृत्वको टोलीले सुधारगृह पुगेर स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो ।
 
प्रहरी टोलीलाई झडपमा संलग्न दुवै समूहले प्रहरीमाथि नै ढुङ्गामुढा गरेको थियो । स्थिति नियन्त्रण बाहिर गएपछि सशस्त्र प्रहरी बलबाट ५० जना परिचालन भएका थिए । 
 
मध्यरातमा भक्तपुर र काठमाडौंका वारुणयन्त्रले  आगो निभाएका थिए । सुधारगृहमा भएको क्षतिको विवरण आउन बाँकी रहेको ठिमी प्रहरी वृत्तले जनाएको छ । उक्त गृहमा १४५ पुरुष र २४ महिला गरी १६९ जना छन् । अहिले स्थिति नियन्त्रणमा आएको भए पनि त्यहाँ बाक्लो सङ्ख्यामा उपस्थित सुरक्षाकर्मीले निगरानी गरिरहेका छन् । 


Facebook Comments