नेपालविरुद्ध ब्याटिङ गर्दै स्कटल्यान्ड

User Image मेयरसाप डेस्क | २०८२ माघ १२ गते ०९:४९
Image of https://mayorsap.com/storage/photos/shares/t-20-world.jpg

काठमाडौं । आइसिसी महिला टि ट्वान्टी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको छ ।कीर्तिपुरस्थित  त्रिबि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको ट्समा नेपाली टोलिकी कप्तान इन्दु बर्माले ट्स जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी हुन् । अहिले स्कटल्याण्डले पहिला ब्याटिङ गर्दैछ । 

आज दुबै टोलीलाई सुपर सिक्समा पुग्न जित्नैपर्ने दबाब रहेको छ । । स्कटल्यान्डसँग पराजित भएमा नेपालको सुपर सिक्समा पुग्ने सम्भावना समाप्त हुनेछ । नेपाल पहिलो खेलमा थाइल्यान्डसँग आठ विकेटले पराजित भएको थियो, भने दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । 

यस्तै तेस्रो खेलमा भने टेष्ट राष्ट्र जिम्बाव्वेलाई ६ विकेटले पराजित गर्दै सुपर सिक्सको सम्भावना कायम राखेको हो । नेपालको प्लेइङ ११ मा कप्तान  इन्दु बर्मासहित  पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, मनिषा उपाध्याय, सीता राना मगर, रोमा थापा र  कविता जोशी छ्न । 


Facebook Comments