पूर्वराजा ज्ञानेन्द्र जनकपुरधाममा, आज जानकी मन्दिर दर्शन गर्ने

User Image मेयरसाप डेस्क | २०८२ माघ १२ गते १०:५९
Image of https://mayorsap.com/storage/photos/shares/gyanendra-shah-7f84dea1.jpg

जनकपुर । पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुरधाम पुगेका छन् । शाह आइतबार बेलुकी जनकपुरधाम पुगेका हुन् । 

पूर्वराजा शाह सडक मार्ग हुँदै हिजो बेलुकी ६ः३० बजे जनकपुरधाम पुगेको राष्ट्रिय प्रजातन्त्र पार्टीको स्वागत मुल समारोह समिति धनुषाका संयोजक श्रवण कुमार झाले जानकारी दिए । उनीसँगै पूर्व रानी कोमल राज्य लक्ष्मी देवी शाह पनि जनकपुरधाम पुगेकी छिन् ।

पूर्वराजा शाह र पूर्वरानीले आज दिउँसो ३ बजे जनकपुरधामस्थित राम मन्दिर र जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको संयोजक झाले जानकारी दिए । उनका अनुसार आज पूजापाठ गरी पूर्वराजा शाह र रानीले जनकपुरमै रात्री विश्राम गर्ने कार्यक्रम रहेको छ ।

केही दिन अघि रास्वपाले जनकपुरधाममा गरेको चुनावी सभामा सहभागी हुन काठमाडौंका निवर्तमान मेयर बालेन्द्र शाह बालेन, रवि लामिछानेलगायतका नेताहरु बसेको होटेलमा पूर्व राजाका छोरा पारस शाह समेत बास बसेका थिए ।

 


Facebook Comments