आचारसंहिता उल्लङ्घन गर्ने बालेनसहित ५ उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण
मेयरसाप डेस्क
|
२०८२ माघ १३ गते १३:३५
काठमाडौं। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने पाँच उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । झापा निर्वाचन क्षेत्र नम्बर ५ का रास्वपा उम्मेदवार बालेनसहित ५ जना उम्मेदवारलाई आयोगले स्पष्टीकरण सोधेको हो ।
निर्वाचन आयोग आचारसंहिता अनुगमन शाखाका अनुसार बालेन, रुपन्देही २ बाट उम्मेदवार बनेका निकोसल भुसाल, श्रम संस्कृति पार्टीबाट सुनसरी १ मा उम्मेदवार बनेका हर्क साम्पाङ, भक्तपुर २ का एमाले उम्मेदवार महेश बस्नेत र भक्तपुर २ कै उम्मेदवार जानुका पाठकलाई स्पष्टीकरण सोधिएको हो ।
बालेनले केपी शर्मा ओलीले सामाजिक सञ्जालमा राखेको पोस्टमा कमेन्ट गर्दै ‘हत्यारा’ भनेर टिप्पणी गरेको र निकोसल भुसाललाई जेनजी आन्दोलनको आइकोनिक जुत्ता चुनाव चिन्ह भनी प्रचार गरेको आरोपमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । हर्क साम्पाङले चुनाव प्रचारमा बालबालिका प्रयोग गरेको, टिसर्ट लगाउन लगाएर आचारसंहिता उल्लङ्घन गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको छ ।
महेश बस्नेतलाई रास्वपाका उम्मेदवार बालेन शाहलाई ‘छाउरा’ भनेको आरोपमा आयोगले स्पष्टीकरण सोधेको छ । जानुका पाठकलाई उम्मेदवारमाथि घृणाजन्य टिप्पणी गरेको तथा हत्यारा, बलात्कारी जस्ता शब्द प्रयोग गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको छ ।
Facebook Comments