प्रचण्ड भन्छन्–नयाँ भनिएकाहरुले स्टण्टबाजी गरेर जनताको दिमाग चाट्ने काम गरिरहेका छन्

User Image मेयरसाप डेस्क | २०८२ माघ १३ गते १६:३०
Image of https://mayorsap.com/storage/photos/shares/photo-1-ccb5e2bd.jpeg

काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल (एकता पक्षधर समुह) पार्टीबाट विद्रोह गरी पोलिट ब्यूरो सदस्य भिम चापागाईंको नेतृत्वमा नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको छ । मंगलबार मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीको एकता पक्षधर नेकपामा समाहित भएको हो ।

उक्त समाहित कार्यक्रममा बोल्दै नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिले देशमा सिद्धान्त र विचारको खडेरी लागेको बताए । अहिले सामाजिक सञ्जालमा स्टण्टबाजी गरेको आधारमा नै जनताको दिमाग चाट्ने काम भइरहेको भन्दै यसलाई वामपन्थीहरु एकताबद्ध भएर मात्रै चिर्न सकिने उनको भनाई छ ।

उनले भने, ‘अहिले देशमा सिद्धान्त र विचारको खडेरी छ । सोसल मिडियामा स्टण्टबाजी गरेको आधारमा नै जनताको दिमाग चाट्ने काम भएको छ । यसलाई हामी सबै एकताबद्ध भएर मात्रै क्रस गर्न सकिन्छ ।’

त्यस्तै उनले सिद्धान्तको दृष्टिकोणले अध्यक्ष किरणप्रति सम्मान रहेको बताए ।

‘किरण जीलाई मैले पनि आदार गर्छु, सिद्धान्तको दृष्टिकोणले मेरो मनमा उहाँप्रति आक्रोस छैन, उहाँलाई अपमान गर्न पनि कुनै मन छैन , तर उहाँले बौद्ध भिक्षुक रहेसम्म घण्टी बजाउने तरिकाले यो देशमा हुनेवाला केही छैन, ’उनले भने ।

संयोजक प्रचण्डले जेनजी आन्दोलनपछि राष्ट्र गम्भीर र असाधारण अवस्थामा पुगेको भन्दै यस्तो परिस्थितिमा राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने र विदेशी चलखेल रोक्न आवश्यक रहेको कारण वाम एकताको अभियान सुरु गरेको बताए । उनका अनुसार भोलीसम्म वाम एकताको संख्या २३ पुग्दैछ 


Facebook Comments