बाराको परवानीपुरमा एकै घरका २ जनाको ह-त्या, २ गम्भीर घाइते

User Image मेयरसाप डेस्क | २०८२ माघ १४ गते ०८:३२
Image of https://mayorsap.com/storage/photos/shares/crime_2.jpg

काठमाडौं । बाराको परवानीपुरमा धारिलो हतियार प्रहार गरेर आमाछोराको हत्या भएको छ। घटनामा ससुराबुहारी गम्भीर घाइते भएका छन्। ​​​​​​​परवानीपुर गाउँपालिका–१ रहरीया टोलमा गएराति अज्ञात व्यक्तिको आक्रमणबाट ५२ वर्षीया सुमित्रा देवी र उनका छोरा ३२ वर्षीय रामेश्वर मण्डलको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

आक्रमणमा परेर मृतक महिलाका पति जगरुप मण्डल र बुहारी २८ वर्षीय मनिता देवी गम्भीर घाइते भएका छन्। उनीहरूको वीरगन्जस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ।

बारा प्रहरीका अनुसार राति करिब ३ बजे तिर एकजना व्यक्ति घरभित्र पसेर धारिलो हतियार प्रहार गरी अन्धाधुन्ध प्रहार गरेर ज्यान लिएको हो । आक्रमणकारीको खोजी र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


Facebook Comments