सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृ*त्यु
No Author Assigned | २०८२ माघ १५ गते १०:२७
सिन्धुली । दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार दुधौली नगरपालिका–१० का ३० वर्षीय यज्ञबहादुर सुनुवारको मृत्यु भएको हो।
गम्भीर घाइते भएका उनको नगर अस्पताल सिर्थौली लाने क्रममा बाटोमा मृत्यु भएको हो।
Facebook Comments