चार्टर्ड विमान दुर्घटना अपडेटः महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

दुर्घटनामा पवारसहित पाँच जनाको मृत्यु

User Image मेयरसाप डेस्क | २०८२ माघ १४ गते ११:०१
Image of https://mayorsap.com/storage/photos/shares/ajait.jpg

एजेन्सी। विमान दुर्घटनामा परेर महाराष्ट्रका उपमुख्यमन्त्री तथा राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का अध्यक्ष अजित पवारको निधन भएको छ । बुधबार बिहान ८ः४५ बजे मुम्बईबाट महाराष्ट्रको बारामती जाँदै गरेको चार्टर्ड विमान दुर्घटना हुँदा ६६ वर्षीय पवारको निधन भएको हो । 

प्रारम्भिक जानकारी अनुसार बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो। विमानमा अजित पवारका निजी सहायक, सुरक्षाकर्मी र उडान परिचारिकासहित पाँच जनाको मृत्यु भएको छ।

अजित पवार महाराष्ट्र पञ्चायत चुनावको लागि चार र्‍यालीहरूलाई सम्बोधन गर्न बारामती जाँदै थिए। विमान अवतरणको क्रममा धावनमार्गबाट ​​चिप्लिएर दुर्घटना भएकाे बताइएकाे छ। 


Facebook Comments