कांग्रेसका निर्वतमान सांसदहरुको टोली आज सर्वोच्च जाने कार्यक्रम स्थगित

No Author Assigned | २०८२ माघ १६ गते ०९:०८
Image of https://mayorsap.com/storage/photos/shares/supreme-court.jpg

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनाका लागि रिट पेस गर्ने नेपाली कांग्रेसका निर्वतमान सांसदहरुको टोली आज सर्वोच्च अदालत जाने कार्यक्रम स्थगित भएको छ । 

आज बिहान सूचना जारी गरेर ‘विशेष कारण’ले उक्त कार्यक्रम स्थगित भएको कांग्रेसले जनाएको छ ।  ‘डिलेकेशन टोली सर्वोच्च अदालतमा जाने कार्यक्रम तय भएकोमा विशेष कारणले गर्दा उक्त कार्यक्रम स्थगित भएको व्यहोरा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको समय नमिलेका कारण आज सर्वोच्च जाने कांग्रेस नेताहरूको कार्यक्रम स्थगित भएको कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए । 

सांसदहरुको डेलिगेसन आज बिहान १०ः३० बजेट सर्वोच्च अदालतमा जाने कार्यक्रम रहेको थियो । ​​​​​​​जेनजी आन्दोलनपछि नियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ २७ गते संसद् विघटन गरेका थिए। त्यससँगै सरकारको सिफारिसमा आगामी फागुन २१ गते निर्वाचन तोकिएको थियो। 

त्यसका विरुद्ध गत मंसिर २३ गते घिमिरेको नेतृत्वका निवर्तमान सांसदहरूले सर्वोच्चमा रिट दायर गरेका थिए। तर, सर्वोच्चले अहिलेसम्म रिटको सुनुवाइ सुरू गरेको छैन ।  


Facebook Comments