दाङबाट काठमाडौं आउँदै गरेको बस चितवनमा पल्टियो, ३८ जना घाइते

User Image मेयरसाप डेस्क | २०८२ माघ १६ गते ०८:२८
Image of https://mayorsap.com/storage/photos/shares/accident_4.jpg

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको चितवनमा बस पल्टिँदा ३८ जना घाइते भएका छन् । 

दाङबाट काठमाडौंतर्फ आइरहेको लुम्बिनी प्रदेश ०२-००१ ख ०४६६० नम्बरको नाइट बस आज बिहान करिब ३ बजेर १० मिनेटमा सडकमै पल्टिएको हो ।

बस घुमाउने भन्ने स्थानमा पल्टिएको प्रहरीले जनाएको छ । प्रहरीले उद्धार गरी घाइतेहरुलाई उपचारका लागि भरतपुर लगायतका विभिन्न अस्पताल पठाएको छ ।

मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना र जनता केयर अस्पताल मुग्लिङ ६ जना घाइतेहरुको उपचार भइरहेको छ ।

 


Facebook Comments