८५ वर्षमा व्यवस्था फेरियो, सत्ताको चरित्र फेरिएन : बालेन शाह
'सुशासन नै हो शहीदको गन्तव्य'
मेयरसाप डेस्क
|
२०८२ माघ १६ गते १०:२७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले शहीदहरूको बलिदानलाई बेवास्ता गर्ने छुट कसैलाई नभएको बताएका छन् ।
शहीद दिवसको अवसरमा आज सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले शहीदका सपना पूरा गर्ने दायित्व अहिलेको पुस्ताको काँधमा आएको उल्लेख गरे ।
विगतका चार महान् शहीदहरूको स्मरण गर्दै नेता शाहले ८५ वर्षअघि राणा शासनको अन्त्यका लागि भएको बलिदानदेखि गत भदौको ‘जेनजी’ आन्दोलनसम्मका शहीदहरूको योगदानको चर्चा गरे ।
‘पटक–पटक व्यवस्था फेरियो तर सत्ताको चरित्र फेरिएन,“ उनले भने, ‘भदौको आन्दोलनमा सुशासन र भ्रष्टाचार अन्त्यको माग राखेर उत्रिएका युवाहरूले फेरि रगत बगाउनुपर्ने अवस्था आउनु दुःखद छ ।’
शाहले राज्यका निकायहरूमा भएको चरम दलीयकरणको अन्त्य गरी जवाफदेही र पारदर्शी प्रणाली स्थापना गर्नु नै शहीदप्रतिको सच्चा सम्मान हुने उनको भनाइ छ ।
अबको समय सुशासनयुक्त र भ्रष्टाचारमुक्त नेपाल निर्माणका लागि रहेको भन्दै उनले भविष्यमा कसैले शहीद बन्नु नपर्ने वातावरण बनाउन सबैलाई आह्वान सोत गरे ।
Facebook Comments