आजको लोकतन्त्र शहीदले रोपेको बीउ हो : अध्यक्ष ओली
ओलीले गरे वीरहरूको गुणगान
मेयरसाप डेस्क
|
२०८२ माघ १६ गते १०:४०
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको लोकतान्त्रिक अधिकार १९९७ सालका शहीदहरूले रोपेको बीउको प्रतिफल भएको बताएका छन् ।
शहीद दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले जहानियाँ राणा शासनविरुद्ध चार शहीदले दिएको बलिदानकै कारण नेपालमा स्वतन्त्रता सम्भव भएको उल्लेख गरे ।
अध्यक्ष ओलीले निरङ्कुश शासनको अन्त्यका लागि कम्युनिस्ट र कांग्रेसको संयुक्त आन्दोलनले ऐतिहासिक भूमिका निर्वाह गरेको चर्चा पनि गरे ।
शहीद दिवसलाई क्यालेन्डरको एउटा मितिको रूपमा मात्र नलिन आग्रह गर्दै उनले शहीदको बलिदानीलाई कहिल्यै नभुल्ने र राष्ट्रिय स्वाधीनता एवं लोकतन्त्रको रक्षाका लागि सधैँ अडिग रहने प्रतिबद्धता व्यक्त गरे ।
Facebook Comments