मुग्लिन–नारायणघाट सडकमा बस पल्टिँदा ४० जना घाइते

चालक प्रहरी नियन्त्रणमा

User Image मेयरसाप डेस्क | २०८२ माघ १६ गते १०:५२
Image of https://mayorsap.com/storage/photos/shares/buss-acc_1.jpg

काठमाडौं । मुग्लिन–नारायणघाट सडक खण्डको घुमाउनेमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन् ।

दाङबाट काठमाडौंतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०४६० नम्बरको बस बिहान करिब ३ः१० बजे अनियन्त्रित भई सडकमा पल्टिएको हो ।

ट्राफिक प्रहरी कार्यालय चितवनका इन्स्पेक्टर अनिल थापाका अनुसार घाइतेमध्ये २ जना सामान्य उपचारपछि घर फर्किएका छन् । 

अन्य घाइतेहरूको भरतपुरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जसमा मौलाकालिका अस्पतालमा १५ जना, पुरानो मेडिकल कलेजमा १७ जना र नयाँ मेडिकल कलेजमा ५ जनाको उपचार भइरहेको छ ।

दुर्घटनाग्रस्त बसलाई सडकबाट हटाइसकिएकाले यातायात आवागमन सुचारु रहेको प्रहरीले जनाएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।


Facebook Comments