तोलामा साढे २० हजारले घट्यो सुनको मूल्य
मेयरसाप डेस्क
|
२०८२ माघ १६ गते ११:०५
काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा ठुलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मूल्य तोलामा २० हजार ५०० रुपैयाँले घटेको छ ।
आज छापावाल सुन प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ, जबकि बिहीबार यसको मूल्य ३ लाख ३९ हजार ३०० रुपैयाँ थियो । त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ४४० रुपैयाँले घटेर ७ हजार ६५ रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पनि आज सुन प्रतिऔँस ५ हजार ५३७ अमेरिकी डलर र चाँदी ११७ डलर आसपासमा कारोबार भइरहेको छ । पछिल्लो केही दिनदेखि सुनको मूल्यमा तीव्र उतारचढाव देखिएको छ ।
Facebook Comments