निर्वाचन बिथोल्ने मिथ्या सूचनाको पहिचान, आयोगले बर्साउँदै डण्डा

'निर्वाचनलाई सभ्य र भव्य बनाऔँ'

User Image मेयरसाप डेस्क | २०८२ माघ १६ गते ११:२३
Image of https://mayorsap.com/storage/photos/shares/nirwachan-aayog_1.jpg

काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनलाई लक्षित गरी सामाजिक सञ्जाल र अन्य माध्यमबाट मिथ्या सूचना, भ्रम र घृणास्पद अभिव्यक्ति फैलाउनेहरूमाथि कडा कारबाही सुरु गरेको छ ।

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार, हालसम्म ३०२ वटा त्यस्ता हानिकारक सूचना पहिचान गरी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ ।

आयोग अन्तर्गतको सूचना सदाचार प्रवद्र्धन इकाईले ती सूचनाहरू विद्युतीय कारोबार ऐन र निर्वाचन आचारसंहिता विपरीत रहेको निष्कर्ष निकालेको हो ।

कारबाहीका लागि कतिपय उजुरीहरू प्रहरीको साइबर ब्युरो, कतिपय प्रेस काउन्सिल र विज्ञापन बोर्डमा पठाइएको छ । आयोगले त्यस्ता सामग्रीहरू हटाउन निर्देशन दिँदै दोषीमाथि कानुनी प्रक्रिया अघि बढाएको छ ।

निर्वाचनको मर्यादामा आँच पुर्याउने कुनै पनि गतिविधि भएमा तत्काल लिखित वा मौखिक उजुरी दिन पनि आयोगले आम नागरिकलाई आग्रह गरेको छ ।


Facebook Comments