शहीदको बलिदानबाट ऊर्जा लिएर दैनिक काममा नतिजा देखाऔँ : सुनिता डंगोल

User Image मेयरसाप डेस्क | २०८२ माघ १६ गते ११:४५
Image of https://mayorsap.com/storage/photos/shares/sunitadangol-komrtpetho.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शहीदहरूले देखाएको मार्गचित्रमा सबै निकायबीच समन्वय गरी एकीकृत योजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिएकी छिन् ।

शहीद दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आजको लोकतान्त्रिक शासन व्यवस्था, नागरिक अधिकार र समावेशिता शहीदहरुकै बलिदानको जगमा उभिएको बताइन् ।

डंगोलले शहीदहरूलाई वर्षमा एक दिन सम्झिएर मात्र पुग्ने भन्दै उनीहरूबाट ऊर्जा लिएर शासन सञ्चालनमा दैनिक प्रभाव देखिने गरी काम गर्नुपर्ने बताइन् । 

शहीदको त्यागलाई युवा पुस्ताले प्रेरणाको रूपमा लिनुपर्ने र राज्यका हरेक निकायले शहीदका सपना पूरा गर्न जवाफदेही हुनुपर्ने उनको भनाइ छ ।


Facebook Comments