बालेन शाहका सहयोगी अछाममा बेहोस, हेलिकप्टरबाट उद्धार

User Image मेयरसाप डेस्क | २०८२ माघ १६ गते १२:०४
Image of https://mayorsap.com/storage/photos/shares/heli_1.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको चुनावी प्रचारका लागि अछाम पुगेका एक सदस्य अचानक बेहोस भएपछि सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

नुवाकोट घर भएका ४४ वर्षीय दिनेश सिटौला बुधबार बिहान चुनावी अभियानकै क्रममा एक्कासि बेहोस भएका थिए । 

अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाका अनुसार सिटौलाको स्वास्थ्य अवस्था गम्भीर देखिएपछि तत्कालै सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर काठमाडौं पठाइएको हो ।

सिटौला काठमाडौंदेखि नै नेता बालेन शाहसँगै चुनावी दौडाहामा रहेका थिए । हाल उनको काठमाडौँमा उपचार भइरहेको छ ।


Facebook Comments