प्रेमीसँग मिलेर बुहारीले नै गरिन् श्रीमान् र सासूको ह*त्या

प्रेमको बदलामा परिवारको अन्त्य

User Image मेयरसाप डेस्क | २०८२ माघ १६ गते १३:४२
Image of https://mayorsap.com/storage/photos/shares/aparadhh.jpg

बारा । बाराको परवानीपुर–१ मा गत १४ माघमा भएको ४६ वर्षीया सुमित्रा मण्डल र ३१ वर्षीय राम ईश्वर मण्डलको हत्यामा बुहारी मनिता देवी मण्डलको मुख्य भूमिका रहेको प्रहरीले जनाएको छ ।

विवाहित मनिताकाे परपुरुषसँग गोप्य सम्बन्ध थियो । परपुरुषसँगको सम्बन्ध लुकाउन र परिवारसँगको विवादको बदला लिन मनिताले दुबईबाट प्रेमी धर्मेन्द्र महतो धानुकलाई बोलाएर आफ्नै श्रीमान् र सासूको हत्या गराएको खुलेको हो ।

प्रहरी एसपी नरेन्द्र कुँवरका अनुसार, प्रेमी धर्मेन्द्र ११ माघमा नेपाल आएर लुकीछिपी मनितासँग योजना बनाएका थिए । 

१४ माघको राति २ बजे घरमा प्रवेश गरी उनीहरूले चक्कु प्रहार गर्दा आमा–छोराको मृत्यु भयो भने ससुरा र नन्द गम्भीर घाइते भएका छन् । 

प्रहरीले मनिता र धर्मेन्द्र दुवैलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ ।


Facebook Comments