लैनचौर पुगेर प्रधानमन्त्री कार्कीद्वारा शहीदप्रति श्रद्धाञ्जली

User Image मेयरसाप डेस्क | २०८२ माघ १६ गते १३:१६
Image of https://mayorsap.com/storage/photos/shares/sahid-malyaarpan.jpg

काठमाडौं । शहीद सप्ताहको अन्तिम दिन आज प्रधानमन्त्री सुशीला कार्कीले लैनचौरस्थित शहीद स्मारक पुगेर ज्ञात–अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् ।

इतिहासका विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्रियता र स्वतन्त्रताका लागि आफ्नो प्राण आहुति दिने वीर सपुतहरूको सम्मानमा आयोजित विशेष सभामा उनी सहभागी भएकी हुन् ।

काठमाडौं महानगरपालिकाले माघ १० गतेदेखि सुरु गरेको साताव्यापी शहीद सप्ताह आज लैनचौरमा भव्य कार्यक्रमका साथ समापन भएको छ । 

आज बिहान शान्तिवाटिकाबाट सुरु भएको प्रभातफेरीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदहरूको तस्बिर राखिएको बग्गीसहित लैनचौर पुगेको थियो ।

सभामा गृहमन्त्री ओमप्रकाश अर्याल, मन्त्रीहरू र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो । 

सो अवसरमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले शहीदहरूले नागरिक स्वतन्त्रता र सुशासनका लागि गरेको त्यागलाई कहिल्यै बिर्सन नहुने बताइन् ।


Facebook Comments