निर्वाचनका लागि १९ अर्ब १५ करोडको स्रोत सुनिश्चित

सुरक्षा र व्यवस्थापनमा अर्बौँको बजेट

User Image मेयरसाप डेस्क | २०८२ माघ १६ गते १२:४९
Image of https://mayorsap.com/storage/photos/shares/artha.jpg

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अर्थ मन्त्रालयले कुल १९ अर्ब १५ करोड रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरेको छ । यसमध्ये हालसम्म ६ अर्ब ३६ करोड रुपैयाँ निकासा भइसकेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

निर्वाचन आयोगलाई मात्र कुल ६ अर्ब ७३ करोड ६६ लाख ९० हजार रुपैयाँको स्रोत सहमति दिइएको छ, जसमध्ये ६ अर्ब ३१ करोड निकासा भइसकेको छ । निर्वाचनलाई भयरहित र सुरक्षित बनाउन सुरक्षा निकायहरूलाई समेत ठुलो बजेट विनियोजन गरिएको छ । 

गृह मन्त्रालय र मातहतका निकायलाई १० अर्ब ३९ करोड रुपैयाँको स्रोत सहमति दिइएको छ, भने नेपाली सेनालाई उपकरण खरिद र अन्य व्यवस्थापनका लागि करिब २ अर्ब बराबरको सहमति प्राप्त भएको छ । यस्तै, राष्ट्रिय अनुसन्धान विभागलाई २ करोड ८० लाखको स्रोत सुनिश्चित गरिएको छ ।


Facebook Comments