रास्वपाले भन्यो– ‘शहीदको सपना सुशासनबाटै पूरा हुन्छ’
'स्वाभिमानको रक्षा नै शहीदको सम्मान'
मेयरसाप डेस्क
|
२०८२ माघ १६ गते १५:३३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शहीदहरूको बलिदान केवल राजनीतिक परिवर्तनका लागि मात्र नभई सुशासन, न्याय र समृद्धिसँग जोडिएको बताएको छ ।
शहीद दिवसको अवसरमा श्रद्धाञ्जली सन्देश जारी गर्दै रास्वपाले विधिको शासन र कर्मशील नागरिकबाट मात्र शहीदका सपना पूरा हुने उल्लेख गरेको छ ।
पार्टीका उपसभापति डोलप्रसाद (डीपी) अर्यालले शहीदहरूको त्यागले सुशासनको यात्रामा एकताबद्ध हुन प्रेरणा दिने विश्वास व्यक्त गरे । उनले शहीदको वास्तविक सम्मान राष्ट्रिय स्वाभिमान र जनताको अपेक्षा पूरा गर्नु नै भएको बताए ।
सन्देशमा आगामी फागुन २१ गतेको निर्वाचनलाई नयाँ नेतृत्व र आशाको उदय हुने महत्त्वपूर्ण समयका रूपमा व्याख्या गरिएको छ ।
Facebook Comments