झापा–५ : एमालेलाई छैन जोखिम, रास्वपाकाे हल्लाखल्ला
एमाले बलियो रहेको पोखरेलकाे दाबी
मेयरसाप डेस्क
|
२०८२ माघ १६ गते १५:०७
काठमाडौं । नेकपा एमालेले झापा क्षेत्र नम्बर ५ मा पार्टीको अवस्था सुदृढ रहेको र त्यहाँ कुनै पनि चुनावी जोखिम नरहेको निष्कर्ष निकालेको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा महासचिव शङ्कर पोखरेलले झापा–५ को चुनावी सुरक्षाबारे पार्टीको आधिकारिक विश्लेषण सार्वजनिक गरेका हुन् ।
सामाजिक सञ्जालमा भइरहेका चर्चा र हल्लाखल्लाले केही प्रभाव पारेको देखिए पनि वास्तविक मतदाताको तहमा एमाले नै बलियो रहेको उनको दाबी छ ।
‘सोसल मिडियाको माहोल र ग्राउन्ड रियालिटी फरक छ,’ उनी भन्छन्, ‘हाम्रो विश्लेषणले भन्छ— झापा–५ मा हामी पूर्ण रूपमा सुरक्षित छौँ र त्यहाँ कुनै चुनौती छैन ।’
झापा क्षेत्र नम्बर ५ मा एमालेका तर्फबाट पार्टी अध्यक्ष केपी शर्मा ओली उम्मेदवार छन् । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले पनि उम्मेदवारी दिएपछि यसलाई देशभर ‘हेभिवेट’ भिडन्तको रूपमा हेरिएको छ ।
Facebook Comments