सिरहामा गोली हानी एक युवकको ह*त्या

User Image मुकेशकुमार यादव | २०८२ माघ १६ गते १७:१०
Image of https://mayorsap.com/storage/photos/shares/siraha-hatya.jpg

सिरहा । सिरहा नगरपालिका–७ स्थित शिव चोक नजिकैको आँपघारीमा आज अपराह्न एक युवकको गोली हानी हत्या गरिएको छ । 

अज्ञात समूहको गोली प्रहारबाट सिरहा नगरपालिका–१ महावीर चोक निवासी ४० वर्षीय प्रेमनाथ यादवको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार, शिव चोकदेखि करिब ५ सय मिटर उत्तरमा रहेको आँपघारीमा दिउँसो ४ बजेतिर यादवमाथि गोली प्रहार भएको थियो ।

घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरिसकेको छ । हत्यामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


Facebook Comments