देश सम्हाल्न कांग्रेस चाहिन्छ : सभापति थापा
मेयरसाप डेस्क
|
२०८२ माघ १६ गते १७:२२
जनकपुर । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकलाई अहिले उत्तेजना र ध्वंशभन्दा पनि सम्हाल्ने शक्तिको आवश्यकता रहेको बताएका छन् ।
धनुषामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले देशलाई सच्याउने र सुधार गर्ने सामथ्र्य कांग्रेससँग मात्रै रहेको दाबी गरे ।
‘कांग्रेस आफू बदलिएर आएको छ, अब देशको अवस्था बदल्छ,’ थापाले भने, ‘हामी देश जोड्ने र सम्हाल्ने शक्ति हौँ, उत्तेजना फैलाउने होइन ।’
उनले कार्यकर्ताहरूलाई अन्य दल वा उम्मेदवारप्रति नकारात्मक टिप्पणी नगर्न र सकारात्मक ऊर्जाका साथ जनतामा जान निर्देशन दिए ।
पार्टीभित्र अब कुनै गुट नरहेको दाबी गर्दै उनले आगामी निर्वाचनमा उम्मेदवार छान्ने प्रक्रिया नै बदल्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
Facebook Comments