डिशहोम इन्टरनेटको 'सर्भिस अन डोर' अभियान सुरु
अब घरमै प्राविधिक सेवा र विशेष छुट
मेयरसाप डेस्क
|
२०८२ माघ १६ गते १७:३०
काठमाडौं । डिशहोम इन्टरनेटले आफ्ना सेवाहरूलाई थप सहज र ग्राहक–मैत्री बनाउने उद्देश्यका साथ ‘सर्भिस अन डोर’ (SOD) अभियान औपचारिक रूपमा सुरुवात गरेको छ । माघ १५ गतेदेखि बागमती प्रदेशको थानकोट तथा चन्द्रागिरि क्षेत्रबाट यो अभियानको शुभारम्भ गरिएको कम्पनीले जनाएको छ ।
यस अभियानअन्तर्गत ग्राहकहरूले इन्टरनेट जडानदेखि मर्मत र अन्य प्राविधिक सेवाहरू आफ्नै घरदैलोमा प्राप्त गर्न सक्नेछन् । ग्राहकको समय र सुविधालाई ध्यानमा राख्दै कम्पनीका दक्ष प्राविधिक टोलीहरूले घरमै पुगेर सेवा दिने व्यवस्था मिलाइएको छ । काठमाडौं उपत्यकाबाट सुरु भएको यो सेवालाई छिट्टै देशका अन्य प्रमुख सहरहरूमा समेत विस्तार गरिने कम्पनीको योजना छ ।
अभियानको अवसरमा ग्राहकहरूका लागि विशेष अफर समेत सार्वजनिक गरिएको छ । जसअनुसार वार्षिक रिचार्ज गर्ने ग्राहकले विशेष छुट र अतिरिक्त सुविधाहरू प्राप्त गर्न सक्नेछन् । सेवा सम्बन्धी थप जानकारीका लागि डिशहोम इन्टरनेटको हटलाइन नम्बर ९८०१५४४००० मा सम्पर्क गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।
Facebook Comments