Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

सूर्यकुण्ड हाईड्रोको आईपीओ आजदेखि खुला

User Image मेयरसाप डेस्क | २०८२ माघ १८ गते १०:२१
Image of https://mayorsap.com/storage/photos/shares/ipo.jpg

काठमाडौं । सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले दोस्रो चरणअन्तर्गत कुल ५ लाख ७२ हजार ४३१ कित्ता साधारण शेयर बिक्रीमा ल्याएको हो ।

निष्कासित शेयरमध्ये ३४ हजार ४८४ कित्ता सामूहिक लगानी कोष र १३ हजार ७९३ कित्ता कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ ।

बाँकी रहेको शेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था छ ।

यो आईपीओ छिटोमा माघ २१ गते र ढिलोमा फागुन ३ गतेसम्म खुला रहनेछ । लगानीकर्ताले सि–आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था वा ‘मेरो शेयर’ एपमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।


Facebook Comments