दोलखा पालिकास्तरीय भलिबलको उपाधि जिरी नगरपालिकालाई
मेयरसाप डेस्क
|
२०८२ माघ १८ गते १०:२८
काठमाडौं । च्यामा–काठमाडौं सेवा समाजद्वारा काठमाडौंमा आयोजित दोलखाका पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि जिरी नगरपालिकाले हात पारेको छ ।
कागेश्वरी मनहरा नगरपालिकास्थित अमरसिंह चौरमा सम्पन्न फाइनल खेलमा तामाकोशी गाउँपालिकाको शुभारम्भ युवा क्लबलाई पराजित गर्दै जिरीले पहिलो स्थान हासिल गरेको हो ।
प्रतियोगितामा मेलुङ गाउँपालिकाको टोली तेस्रो र कालिञ्चोक गाउँपालिकाको ‘ए’ टोली सान्त्वना स्थान हासिल गर्न सफल भएको खेल संयोजक भविन्द्र फुयाँलले जानकारी दिए ।
समाजका अध्यक्ष विष्णु पोखरेलको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहमा पूर्व पर्यटनमन्त्री एवं एमाले नेता आनन्दप्रसाद पोखरेलले विजेताहरूलाई पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगिताको विजेता जिरी नगरपालिकाले नगद ४० हजार रुपैयाँसहित शिल्ड, ट्रफी र मेडल प्राप्त गरेको छ, भने उपविजेता बनेको तामाकोशी गाउँपालिकाले ३० हजार रुपैयाँमा चित्त बुझाएको छ ।
त्यसैगरी तेस्रो हुने मेलुङ गाउँपालिकाले २० हजार र सान्त्वना स्थान प्राप्त गरेको कालिञ्चोक गाउँपालिकाको टोलीले नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् ।
Facebook Comments