Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

वीरगञ्ज नाकाबाट सात अर्ब ६४ करोडको दलहन आयात

गत वर्षको तुलनामा ३१ प्रतिशतले वृद्धि

User Image मेयरसाप डेस्क | २०८२ माघ १८ गते १०:३३
Image of https://mayorsap.com/storage/photos/shares/birjun-custom.jpg

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा सात अर्ब ६४ करोड मूल्यपर्ने सात थरिका दलहनजन्य खाद्यान्न भित्रिएको छ । गत आर्थिक वर्षको ६ महिनामा एक अर्ब ८० करोड बढी मूल्यको दलहन खाद्यान्न भित्रिएको हो ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको ६ महिनाको तुलनामा चालु आवको ६ महिनामा ३१ प्रतिशतले आयात बढेको जानकारी दिए । 

जबकि गत आवको ६ महिनामा भने सात थरिका दलहन खाद्यान्न पाँच अर्ब ८३ करोडको आयात भएको थियो । चालु आवको ५ महिनामा तीन अर्ब ८२ करोडको मुसुरो दाल आयात भएको छ । 

त्यस्तै सोही अवधिमा एक अर्ब १७ करोड मूल्य पर्ने सिमी–राज्मा आयात भएको छ । चालु आवको ६ महिनामा एक अर्ब १४ करोड मूल्यको चना आयात भएको छ ।

त्यसैगरी, एक अर्ब मूल्यको अन्य गेडागुडी आयात भएको छ । २७ करोड बराबर रहरको दाल र १६ करोड मूल्यको केराउ आयात भएको छ । त्यस्तै पाँच करोड १० लाख मूल्यका बकुल्लाको आयात भएको छ ।


Facebook Comments