Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान

User Image मेयरसाप डेस्क | २०८२ माघ १८ गते ११:००
Image of https://mayorsap.com/storage/photos/shares/nagarikata-pardan.jpg

सङ्खुवासभा । सङ्खुवासभाको पाँचखपन नगरपालिका–३ सिवुवाकी ४३ वर्षीया चन्द्रकुमारी बानियाँले घरमै बसेर नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । 

स्वास्थ्यका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने अति अशक्त बानियाँलाई शनिबार प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सिर्जना थपलियाले घरमै पुगेर नागरिकता प्रदान गरेका हुन् ।

प्रजिअ थपलियाले अशक्त नागरिकलाई घरदैलोमै सेवा दिने सरकारको नीतिअनुसार यस्तो काम गरिएको बताए । बानियाँले पुस १९ गते आवश्यक कागजातसहित निवेदन दिएकी थिइन् ।


Facebook Comments