Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

साढे १८ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

User Image मेयरसाप डेस्क | २०८२ माघ १८ गते ११:१६
Image of https://mayorsap.com/storage/photos/shares/gold_3.jpg

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा उल्लेख्य कमी आएको छ । अघिल्लो हप्ता लगातार नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आइतबार एकैदिन प्रतितोला १८ हजार ८०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख रुपैयाँ कायम भएको छ । गत शुक्रबार यसको मूल्य प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँ रहेको थियो । माघ १५ गते बिहीबार सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दु ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि ठुलो गिरावट आएको छ । आज चाँदी प्रतितोला १ हजार ५६५ रुपैयाँले घटेर ५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य ७ हजार ६५ रुपैयाँ रहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको उत्तरचढावका कारण स्थानीय बजारमा यसको प्रभाव परेको व्यवसायीहरूले बताएका छन् । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ८९१ अमेरिकी डलर र चाँदी प्रतिऔँस ८५ डलर हाराहारीमा कारोबार भइरहेको छ ।


Facebook Comments