निर्वाचनमा अवाञ्छित क्रियाकलाप स्वीकार्य छैन : ओली
मेयरसाप डेस्क
|
२०८२ माघ १८ गते ११:३०
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरकारसँग पूर्ण सुरक्षा र निष्पक्षताको सुनिश्चितता माग गरेका छन् ।
शनिबार एमालेको ओखलढुङ्गा–काठमाडौं सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै ओलीले निर्वाचनमा कुनै पनि किसिमको धाँधली वा अवाञ्छित क्रियाकलाप हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था हुनुपर्ने बताएका हुन् ।
ओलीले ओखलढुङ्गाको विकास र जनताको समस्या बुझ्न सक्ने क्षमता रहेकाले पार्टीले युवा नेत्री अस्मिता थापालाई उम्मेदवार बनाएको बताउँदै उनलाई विजयी गराउन मतदाताहरूसँग आग्रह गरे ।
कार्यक्रममा उम्मेदवार थापाले जनताको मतलाई गलत ठाउँमा प्रयोग हुन नदिने र आफूलाई एक असल जनप्रतिनिधिका रूपमा प्रमाणित गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।
यस्तै, एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज यज्ञराज सुनुवारले ओखलढुङ्गामा युवा महिला उम्मेदवार चयन भएसँगै कार्यकर्ता र मतदातामा ठुलो उत्साह छाएको दाबी गरे ।
Facebook Comments