Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

भानु नगरपालिकाका ९० शिक्षकलाई एआई तालिम

User Image मेयरसाप डेस्क | २०८२ माघ १८ गते ११:४३
Image of https://mayorsap.com/storage/photos/shares/bhanu-nagar.jpg

तनहुँ । भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत  शिक्षकका लागि कृतिम बौद्धिकता (एआई)सम्बन्धी तालिम सञ्चालन गरिएको छ ।

शिक्षकहरूको क्षमता अभिवृद्धि र विद्यालयको गुणस्तर शिक्षा सुधार गर्ने उद्देश्यले आयोजित तालिममा ९०  शिक्षक सहभागी थिए । प्रत्येक समूहमा ३० जनाका दरले ९० जना शिक्षकलाई प्रशिक्षित गराइएको भानु नगर शिक्षा अधिकारी धु्रवराज पौडेलले जानकारी दिए ।

उनले भने, ‘शिक्षामा एआईको प्रयोगमार्फत विद्यार्थीलाई भविष्यमा चुनौती सामना गर्न सक्षम, सीपयुक्त र आत्मनिर्भर बनाउन शिक्षकका लागि  समय सान्दर्भिक, दूरदर्शी र अत्यावश्यक कदमका रूपमा लिइएको छ ।’

नगरप्रमुख आनन्दराज त्रिपाठीले समयअनुसार शिक्षक स्वयं अद्यावधिक नहुँदा विद्यार्थी र विद्यालय दुवै पछि पर्ने खतरा रहेकाले यस किसिमको तालिमलाई प्राथामिकता दिइएको बताए ।

‘अबको शिक्षा प्रविधिसँगै अघि बढ्नुपर्छ, शिक्षकहरू परिवर्तनका अगुवा हुनुपर्छ’, उनले भने, ‘एआईजस्ता प्रविधि सही ढङ्गले प्रयोग गर्नसके विद्यालय शिक्षा व्यावहारिक, जीवनोपयोगी र प्रतिस्पर्धी बन्ने सक्दछन् ।’

तालिममा प्रशिक्षकका रूपमा भक्तपुर सानोठिमी क्याम्पसका उपप्राध्यापक विश्वराज जोशी रहेका छन् । उनले भने, ‘आजका विद्यार्थीहरू डिजिटल वातावरणमै हुर्किरहेका, प्रविधिमा चासो राख्ने तथा नवीन सिकाइ विधिप्रति उत्सुक भएकाले परम्परागत शिक्षणशैली मात्र पर्याप्त हुँदैन ।’


Facebook Comments