Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

माधव नेपालको भ्रष्टाचार मुद्दामा आज सुनुवाइ हुँदै

पतञ्जलि जग्गा हिनामिना प्रकरण

User Image मेयरसाप डेस्क | २०८२ माघ १८ गते १२:००
Image of https://mayorsap.com/storage/photos/shares/bisesh-adalat_Ba7aRFA3Ws.jpeg

काठमाडौं । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दामा आज विशेष अदालतमा सुनुवाइ हुँदैछ ।

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासमा यो मुद्दाको पेसी तोकिएको हो ।

यसअघि अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट यो मुद्दा तामेलीमा राख्ने निर्णयको सक्कल फाइल झिकाउन आदेश दिएको थियो । उक्त फाइल प्राप्त भएपछि आजका लागि सुनुवाइ तय गरिएको हो ।

के हो आरोप?
अख्तियारले गत जेठ २२ गते नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

तत्कालीन प्रधानमन्त्रीको हैसियतमा पदको दुरुपयोग गरी ३१४ रोपनीभन्दा बढी सरकारी जग्गा व्यक्तिगत र संस्थागत स्वार्थमा हस्तान्तरण गराएको दाबी अख्तियारको छ ।


Facebook Comments