कञ्चनपुरमा अर्धनग्न अवस्थामा भेटियो युवतीको शव
पहिचान खुल्न बाँकी
मेयरसाप डेस्क
|
२०८२ माघ १८ गते १३:०६
धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित तिल्केनीमा एक युवतीको शव फेला परेको छ ।
शान्ति सामुदायिक वनभित्र पर्ने बंग्यादोल खोलामा अन्दाजी २५ वर्षीया युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरी निरीक्षक वीरेन्द्र थापाका अनुसार, शव केही दिन पुरानो र सडेको अवस्थामा फेला परेकाले तत्काल पहिचान खुल्न सकेको छैन ।
अर्धनग्न अवस्थामा भेटिएको उक्त शवलाई प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल पुर्याएको छ ।
प्रहरीले घटनाको प्रकृति हेरेर थप अनुसन्धान अघि बढाएको छ । हालसम्म युवतीको पहिचान नखुलेकाले सो सम्बन्धमा जानकारी लिने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments