मेयर हमाल भन्छन्– ‘सबैले पार्टी रोजे, मैले जनता’
मेयरसाप डेस्क
|
२०८२ माघ १८ गते १४:०८
धनगढी । काठमाडौं महानगरका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क साम्पाङले राजीनामा दिएर संसदीय चुनावमा होमिएका बेला धनगढी उपमहानगरका मेयर गोपाल हमालले भने आफू जनताकै सेवामा केन्द्रित रहने उद्घोष गरेका छन् ।
सामाजिक सञ्जालमार्फत एक तस्बिर सार्वजनिक गर्दै मेयर हमालले लेखेका छन्, ‘सबैले पार्टी रोजे, मैले जनता रोजेँ ।’ २०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका हमालले आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने संकेत दिएका हुन् ।
मेयर बालेन राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरी प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्, भने हर्क साम्पाङले आफ्नै श्रम संस्कृति पार्टी गठन गरेर सुनसरी–१ बाट उम्मेदवारी दिएका छन् ।
दुवैले मेयर पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिँदा हमाल भने उपमहानगरकै काममा व्यस्त देखिन्छन् ।
Facebook Comments