साफ महिला च्याम्पियनसिपः बङ्गलादेशसँग भारत पराजित

User Image मेयरसाप डेस्क | २०८२ माघ १९ गते १५:४४
Image of https://mayorsap.com/storage/photos/shares/football_5.jpg

कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको आजको पहिलो खेलमा भारतलाई बङ्गलादेशले २–० गोलले पराजित गरेको छ ।

बङ्गलादेशले खेलको पहिलो हाफमा गरेको दुई गोलनै भारतलाई हराउन पर्याप्त रह्यो । खेलको २९ औँ मिनेटमा कप्तान अरपिता विश्वास अरपिताले गोल गरेर अग्रता बनाएकी थिइन् ।

यसैगरी खेलको ४० औँ मिनेटमा अल्पी अक्तरले बङ्गलादेशका लागि गोल गर्दै अग्रता दोब्बर बनाइन् । पहिलो हाफमा दुई गोलले पछि परेको भारतले खेलमा फर्कन प्रयास गरेपनि सफल हुन सकेन ।

दुई खेलमा जित हासिल गरेपछि बङ्गलादेश जारी प्रतियोगिताको अङ्क तलिकामा शीर्ष स्थानमा रहेको छ । बङ्गलादेशले ६ अङ्क जोड्दा समान खेल खेलको भारत तीन अङ्कसहित दोस्रो स्थानमा छ । लिग चरणको आजको अर्को खेल घरेलु टोली नेपाल र भुटानबीच हुँदैछ । यी दुबै टोली पहिलो खेलमा पराजित भएका थिए । 

नेपाल आफ्नो पहिलो खेलमा भारतसँग १–० गोलले पराजित भएको थियो भने उद्घाटन खेलमा भुटान भने बङ्गलादेशसँग १२–० को फराकिलो अन्तरले पराजित भएको थियो ।


Facebook Comments