नेता थापाको दाबीः यतिबेला सबैभन्दा नयाँ पार्टी कांग्रेस नै हो
मेयरसाप डेस्क
|
२०८२ माघ १९ गते १६:३३
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रवल थापाले कांग्रेस सबैभन्दा नयाँ पार्टी भएको दाबी गरेका छन् ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले स्थायित्व बिना समृद्धि हुँदैन भन्ने नेपाली कांग्रेसको मुलधार भएको भन्दै अहिले कांग्रेस रुपान्तरित भई नयाँ पार्टी बनेर आएको दाबी गरेका हुन् ।
उनले भने, ‘स्थायीत्व बिना समृद्धि हुँदैन भन्ने नेपाली कांग्रेसको मुलधार हो । हामी अहिले रुपान्तरित भएर आएका छौं । मलाई लाग्छ कांग्रेस पार्टी अहिलेको समयमा सबैभन्दा नयाँ पार्टी हो । नयाँ पार्टी भएर आएको छ ।’
त्यस्तै उनले पार्टी बदल्यौं । अब देशको रेखा कोर्छौं, देश बदल्छौं भन्ने मूल उद्देश्यकासाथ १६५ क्षेत्र मध्य १०६ क्षेत्रमा नयाँ उम्मेदवार लिएर मौदानमा उत्रिएको बताए । अबको दिनमा आर्थिक प्राप्ति बिना देश समृद्धको बाटोमा नहिड्ने बताउँदै उनले त्यसको लागि स्थायित्व चाहिन्ने र त्यो स्थायित्व सभापति गगन थापाको नेतृत्वले दिने दाबी गरे ।
‘पार्टी त बदल्यौं अब देशको रेखा कोर्छौं, देश बदल्छौं भन्ने मूल उद्देश्यकासाथ १६५ क्षेत्रमा १०६ क्षेत्र नयाँ उम्मेदवार लिएर मौदानमा आएको छौं । सबैभन्दा नयाँ पार्टी बनेको छ । अबको दिनमा आर्थिक प्राप्ती बिना देश समृद्धको बाटोमा हिँड्दैन, त्यसको लागि स्थायीत्व चाहिन्छ । त्यो स्थायित्व सभापति गगन थापाको नेतृत्वले दिनेछ ’उनले भने ।
उनले जनतामाझ जाने आफ्नो पहिलो अवसर भएको बताउँदै चुनाव जिते या हारे पनि सँधै जनताको भावना अनुसार काम गर्ने प्रतिबद्धता जनाए ।
Facebook Comments