मकवानपुरमा १० किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ
मेयरसाप डेस्क
|
२०८२ माघ १९ गते २०:१९
हेटौँडा । मकवानपुर प्रहरीले मनहरी गाउँपालिका–९, ज्यामिरेबाट १० किलो १२४ ग्राम लागूऔषध गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, सोमबार बिहान ४:३० बजे लागूऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले युपी ३२ एफएफ ००५५ नम्बरको भारतीय कारलाई सुरक्षाजाँच गर्दा लागूऔषध बरामद भएको हो।
पक्राउ पर्नेहरूमा उत्तर प्रदेश, मुजफ्फरनगर जिल्लाको सिखेडा गाउँका २३ वर्षीय मुसिर, सोही गाडीमा सवार २४ वर्षीय मौ जुबेर र मुजफ्फरनगर, अम्बा बिहारका ४४ वर्षीय साबीरालाई समावेश गरिएको छ।
प्रहरीले तीनै जनालाई लागूऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धानको लागि नियन्त्रणमा राखेको जनाएको छ।
Facebook Comments