रुपन्देहीमा विद्यार्थी सवार बस दु'र्घटना हुँदा १० जना घा'इते
मेयरसाप डेस्क
|
२०८२ माघ २० गते ०८:१२
बुटवल । रुपन्देहीमा विद्यार्थी सवार बस दुर्घटना हुँदा १० जना भन्दा बढी घाइते भएका छन् । ओमसतिया गाउँपालिका–४ बसन्तपुरमा शान्ति नमूना माविका विद्यार्थी सवार लु १ ख ८६७५ नम्बरको बस आज बिहान साढे ५ बजेतिर ट्याक्टरसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । घाइतेहरुलाई उपचारका लागि भैरहवा मेडिकल कलेजमा भर्ना गरिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
Facebook Comments