ससुराली पुगेर श्रीमतीको ह'त्यापछि श्रीमानले गरे आ'त्मह'त्या

User Image मेयरसाप डेस्क | २०८२ माघ २० गते ०९:२८
Image of https://mayorsap.com/storage/photos/shares/rangeli.jpg

विराटनगर । मोरङको रंगेलीमा एक युवकले पत्नीको हत्या गरेका छन् ।  रंगेली नगरपालिका–५ बहुवनका अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले रंगेली–५ धनपट्टीस्थित ससुराली घर पुगेर पत्नीको हत्या गरेको प्रहरीले जनाएको छ ।

ससुरालीमै उनले पत्नी अन्दाजी २१ वर्षीया अम्बिकाकुमारी मण्डलको हत्या गरेको प्रहरीले जनाएको छ । घरेलु विवादका क्रममा कुटपिट गर्दै मुकेशले पत्नीलाई चक्कुले प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मोरङ प्रहरीका डीएसपी लीलाराज लामिछानेका अनुसार पत्नीको हत्यापछि मण्डलले आफूले पनि घाँटी रेटेर आत्महत्या गरेका छन् । मुकेश बेलुका ससुराली पुगेका थिए । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


Facebook Comments