भरतपुरमा ट्रकको ठक्करबाट एक जनाको मृ*त्यु

User Image मेयरसाप डेस्क | २०८२ माघ २४ गते ११:५१
Image of https://mayorsap.com/storage/photos/shares/accident_8.jpg

चितवन । भरतपुर महानगरपालिका–१६ छाहारी चोक नजिक मिनी ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१६ का २८ वर्षीय कुलबहादुर मगरको मृत्यु भएको हो ।

शुक्रबार साँझ ना६ख ६३१६ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना३१प २११४ नम्बरको मोटरसाइकल ठोक्किँदा  गम्भीर घाइते भएका निजको  चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।


Facebook Comments