Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

टिकटक भिडिओ बनाउनुहोस्, ५० हजार जित्नुहोस् !

User Image मेयरसाप डेस्क | २०८२ माघ २७ गते १०:२०
Image of https://mayorsap.com/storage/photos/shares/tiktok.jpg

काठमाडौं । निर्वाचन आयोगले उत्कृष्ट टिकटक भिडिओ बनाउने ‘कन्टेन्ट क्रियटर’लाई ५० हजारसम्म पुरस्कार दिने भएको छ। आयोगले आज सूचना जारी गर्दै आगामी फागुन २१ गते हुने निर्वाचन प्रचार प्रसार तथा मतदाता शिक्षासम्बन्धी उत्कृष्ट भिडिओ बनाउनेलाई पुरस्कृत गर्ने जनाएको हो।

आयोगका अनुसार निर्वाचन प्रचार प्रसार, निर्वाचन आचारसंहिता तथा मतदाता शिक्षा जस्ता विषयमा आधारित भएर भिडिओ निर्माण गर्नुपर्नेछ। त्यस्ता भिडिओ एक मिनेटसम्म अवधिको हुनुपर्नेछ। 

 उत्कृष्ट तीनवटा भिडिओलाई आयोगको तर्फबाट क्रमशः जनही ५० हजार, ३० हजार र २० हजारका दरले पुरस्कृत गरि प्रमाणपत्रसमेत प्रदान गरिने आयोगले जनाएको छ । 


Facebook Comments