क्यानडाको एक स्कुलमा अन्धाधुन्ध गो'ली प्र'हार हुँदा १० जनाको मृ'त्यु, दर्जनौं घा'इते
मेयरसाप डेस्क
|
२०८२ माघ २८ गते १०:२८
काठमाडौं । क्यानडाको एक हाई स्कुलमा अन्धाधुन्ध गोली प्रहार हुँदा १० जनाको मृत्यु भएको छ। ब्रिटिस कोलम्बिया प्रान्तको टम्बलर रिज शहरमा रहेको एक हाई स्कुलमा बुधबार बिहानै अन्धाधुन्ध गोली प्रहार भएको हो । घटनापछि स्कुल बन्द गरिएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार गोली लागेर २५ जना घाइते भएका छन् । मृत्यु हुनेमा विद्यार्थी छन् कि छैनन् भन्ने कुरा अझै थाहा भएको छैन। प्रहरीले स्कुलमा रहेका सबै विद्यार्थी र कर्मचारीलाई सुरक्षित रूपमा बाहिर निकालिएको बताएको छ।
आक्रमणकारी ठानिएका एक व्यक्ति पनि मृत फेला परेको प्रहरीले जनाएको छ। घट्नाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
Facebook Comments