Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

रेखा थापाले सुनिल शर्मालाई समर्थन गर्दै भनिन्ः ‘जनताको मन जित्ने काम गर्नुभएको छ’

User Image मेयरसाप डेस्क | २०८२ माघ २८ गते १०:३८
Image of https://mayorsap.com/storage/photos/shares/rekha.jpeg

मोरङ । चर्चित कलाकार रेखा थापाले मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य डा। सुनिल शर्माप्रति आफ्नो समर्थन स्पष्ट पार्दै उनको कामप्रति प्रशंसा व्यक्त गरेकी छन् ।

रेखा थापाले मोरङ–३ मा डा.शर्माले गरेका सामाजिक, स्वास्थ्य, शिक्षा र पूर्वाधार सम्बन्धी कामहरू उल्लेख गर्दै जनतासँगको नजिकको सम्बन्धलाई उदाहरणीय कामको रुपमा मूल्याङ्कन गरेकी छन् ।

रेखा थापाले पत्रकारहरूसँग कुरा गर्दै भनिन्, ‘राजनीति केवल भाषण गर्ने वा चुनावको बेला मात्र जनतासँग भेट हुने कुरा होइन। साँचो राजनीति भनेको जनतासँग जोडिनु, उनीहरूको समस्या बुझ्नु र त्यसको समाधानका लागि निरन्तर काम गर्नु हो । डा.सुनिल शर्माले यही शैली अपनाएर मोरङ–३ मा स्वास्थ्य, शिक्षा, पूर्वाधार र सामाजिक क्षेत्रमा उल्लेखनीय काम गर्नुभएको छ । त्यसैले म उहाँलाई पूर्ण समर्थन गर्दछु ।’

उनले थप भनिन्, ‘जब जनप्रतिनिधिले निरन्तर रूपमा आफ्नो क्षेत्रको विकास र जनताको भलाइमा काम गर्छन्, तब उनीहरूले विश्वास मात्र होइन, सच्चा नेतृत्वको उदाहरण पनि प्रस्तुत गर्छन् । डा. सुनिल शर्माले यस क्षेत्रमा देखाएको प्रतिबद्धता र लगनशीलता अद्वितीय छ ।’

रेखा थापाले मोरङ–३ मा डा.शर्माले सञ्चालन गरेका विभिन्न स्वास्थ्य शिविर, शिक्षामुखी कार्यक्रम र विपन्न तथा असहाय वर्गको उत्थानका लागि गरेका पहलहरूलाई उदाहरणका रूपमा प्रस्तुत गरिन् ।

रेखा थापाले मोरङ–३ का जनताको आवाज र आवश्यकता बुझ्ने क्षमता डा.शर्मामा रहेको बताइन् । उनले शिक्षा क्षेत्रमा भएका यी पहलहरूलाई मोरङ–३ का दीर्घकालीन विकासका लागि आधारभूत रुपमा महत्वपूर्ण बताइन् । पूर्वाधार विकासको क्षेत्रमा पनि रेखा थापाले डा। शर्माको कार्यशैलीको प्रशंसा गरिन् ।


Facebook Comments