आज पनि घट्यो सुनचाँदीको मूल्य
मेयरसाप डेस्क
|
२०८२ माघ ३० गते ११:५५
काठमाडौं। फागुन महिनाको पहिलो कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तीन हजार रुपैयाँले घटेको हो ।
बिहीबार ३ लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी आज ३४० रुपैयाँले घटेर ५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
Facebook Comments