झापा–३ मा बदलिएको चुनावी चित्र, लिङ्देन कति सुरक्षित ?
मेयरसाप डेस्क
|
२०८२ माघ ३० गते १२:४४
काठमाडौं । एक दशकदेखि झापा क्षेत्र नम्बर ३ लाई आफ्नो बलियो गढ बनाइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई यसपटकको निर्वाचन जित्न भने मुस्किल पर्ने देखिएको छ।
नेकपा एमालेको साथ र समर्थनमा अघिल्ला दुई चुनाव जितेर लगातार संसद्मा पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन यस क्षेत्रमा ‘ह्याट्रिक’ गर्ने दाउमा छन् । तर बदलिएको राजनीतिक समीकरणले उनलाई यसपटक सजिलो छैन।
यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले आफ्नै उम्मेदवार हरि राजवंशीलाई चुनावी मैदानमा उतारेपछि लिङ्देनले यसअघि पाइरहेको मत काटिने निश्चित छ। त्यसैगरी यस क्षेत्रको चुनावी चर्चामा सधैँ हावी हुने गरेका नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला पनि यसपटक उम्मेदवार छैनन्। उनको अनुपस्थितिले पनि यहाँको चुनावी माहोललाई नयाँ मोडमा पु¥याएको छ। सिटौलाको प्रभाव र नियन्त्रणबाट मुक्त हुँदै कांग्रेसले यसपटक व्यापारी तथा संगठनमा बलिया मानिएका राजेन्द्र घिमिरेलाई झापा–३ मा उम्मेदवार बनाएको छ।
Facebook Comments